प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्रीसँग वार्ताका लागि एमाले अध्यक्ष ओली नेता इश्वर पाेखरेल र विष्णु पाैडेलसहित बालुवाटार पुग्नुभएकाे हाे ।
सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमसिसी अनुमाेदनका लागि एमालेकाे साथ खाेज्नुभएकाे छ । तर एमालेले गठबन्धन ताेड्ने भएमात्र साथ दिने बताउँने गरेकाे छ ।
सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाउनुभएकाे हाे ।
स्राेतका अनुसार एमालेले प्रधानमन्त्रीसँग गठबन्धत त्याग्ने भएमा प्रदेश सरकारमा साझेदारी गर्ने केन्द्रमा भने सरकारमा सहभागी नभइकनै समर्थन गर्न सक्ने बताएकाे छ ।
Facebook Comments

