धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएकाे छ ।
हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई फराकिलाे मतअन्तर सहित पराजित गर्नुभएकाे हाे । अघिल्लो निर्वाचनमा ओडसँग पराजित हमालले यसपटक कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत प्राप्त गर्नुभयाे ।
निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत रह्याे भने उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी हुनुभएकाे छ । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गर्नुभएकाे हाे ।
रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभयाे ।
Facebook Comments

