अस्पताल पुगेर श्रीनाथद्वारा विद्याकाे स्वास्थ्यलाभकाे कामना

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएकाे छ ।

बरालले बुधबार अस्पतालको सघन कक्षमा भट्टराईलाई भटेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गर्नुभएकाे हाे ।

प्रतिनिधिसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा हुने निर्वानमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि श्रीनाथ बराल गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार रहनुभएकाे छ ।

विद्या भट्टराई एमालेको तर्फबाट प्रतिस्पर्धामा हुनुहुन्छ । डेंगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।

उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सीपी आचार्यले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने जानकारी दिनुभयाे ।

Facebook Comments