पार्टी विभाजन गर्नेहरुसँग एकता हुन्नः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नेहरुसँग एकता नहुने बताउनुभएकाे छ । उहाँले बाम एकता भन्दा पनि पार्टी प्रवेशमा जाेड दिनुपर्ने बताउनुभयाे ।

केन्द्रीय कमिटी बैठकमा ओलीले बाम एकताको कुरा गरेर पार्टी प्रवेश प्रभावित बनाउन नहुने बताउनुभएकाे हाे । पार्टी विभाजन गर्नेले देशी विदेशी समूहहरुसँग सम्झौता गरेको अध्यक्ष ओलीकाे भनाइ छ ।

माओवादी केन्द्रप्रति रोष प्रकट गर्दै ओलीले पुष्पकमल दाहाल प्रचण्डको भाँडो रित्तिनेगरी एमालेमा प्रवेश गराउनुपर्ने बताउनुभएकाे थियाे ।

Facebook Comments