सरकारी कर्मचारीको तलवभत्ता पुनरावलोकनका लागि आयोग गठन
नेपाल सरकारले सरकारी कर्मचारीहरुको तलव, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकनको गृहकार्य थालेको छ ।
भाद्र ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीको सेवा सुविधाका बिषयमा पुनरावलोकन गरी सिफारिश गर्न आयोग गठन गरेको हो ।
नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरी तलव सुविधा आयोग गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि २०४ र शहरी विकास मन्त्रालयमा ३८० नयाँ दरबन्दी स्वीकृत गरेको छ ।
सरकारले फौजदारी कसूर (कैद कट्टा) दोस्रो संशोधन नियमावली २०७८ स्वीकृत गरेको छ । विद्युतीय सुशासन आयोग ९गठन तथा सञ्चालन) आदेश २०७९ स्वीकृत गरेको छ भने तत्काल समस्या समाधान निर्देशिका, विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि २०७९ समेत स्वीकृत गरकेो छ।
मन्त्रि परिषद् बैठकका निर्णयहरु



