माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कंदै

स्वास्थ्य उपचारका लागि लामाे समयदेखि चीनमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउन लाग्नुभएकाे पारिवारीक श्राेतले जनाएकाे छ ।

स्वास्थ्याेपचारका लागि पूर्वसभामुखसमेत रहनुभएकी वर्षमान पत्नी नेतृ ओनसरी घर्ती पनि साथमा हुनुहुनछ ।

वर्षमानको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार सफल भएकाे र पूर्ण स्वास्थ्य लाभ गरेर स्वदेश फर्कन लाग्नुभएकाे हाे । केही दिन अगाडि स्वयं वर्षमान पुनले नै सामाजिक सञ्जालमा अाफू पूर्ण स्वस्थ भएकाे र केही दिनमा स्वदेश फर्कने जानकारी दिनुभएकाे थियाे ।

वंशाणुगत जण्डिसका बिरामी वर्षमान जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा जानुभएकाे थियाे ।

त्यहाँ २ महिना उपचार गराउँदा पनि स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि चिकित्सककै सल्लाहमा १० मंसिरमा नेता पुनलाई उपचारका लागि चीन लगिएको थियो ।

Facebook Comments