देशभर चिसो अझै बढ्ने सुरक्षित रहन आग्रह

जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर अझै चिसाे बढ्ने भन्दै सचेत भएर बस्न भनेकाे छ । महाशाखाले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएकाे छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेकाे हाे ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/१०/१० विहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखी मध्यम वर्षा/हिमपात भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ १ गते  (सोमबार)

दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।  

२०७८ माघ ११ गते  (मंगलबार)

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

२०७८ माघ १२ गते  (बुधबार)

दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।  

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

Facebook Comments