गण्डकी प्रदेशमा माओवादी केन्द्रकाे पदाधिकारी चयन(मत सहित)

ने . क. पा.( माओवादी केन्द्र) गन्डकी प्रदेशको पदाधिकारी चयन गरिएकाे छ । सहमतिकाे प्रयास सफल नभएपछि बुधबार निर्बाचनबाट पदाधिकारी चयन गरिएकाे हाे ।

यसअघि प्रदेश अध्यक्षमा गायत्री गुरूङ चयन हुनुभएकाे थियाे भने बुधबार सम्पन्न निर्वाचनबाट उपाध्यक्षहरूमा गुणाखर बस्याल(पर्बत), मित्रशरण शर्मा(नवलपुर) र ज्ञामनाथ गैह्रे(बाग्लुङ) चयन हुनुभएकाे छ ।

त्यस्तै सचिबमा जगन्नाथ खनाल (गाेरखा) सहसचिवहरूमा अतिन्द्रकेशरी न्यौपाने(तनहुँ), मेख बहादुर भण्डारी(लम्जुङ) र टेक बहादुर बिक (म्याग्दी) तथा काेषाध्यक्षमा तारा भुषाल(स्याङजा) चयन हुनुभएकाे छ ।

उपाध्यक्षका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा शर्माले ९०, बस्यालले १२० र गैह्रेले ९३ मत प्राप्त गर्नुभयाे । उपाध्यक्षका अन्य प्रतिष्पर्धी गोर्खाका लोकप्रसाद बञ्जाराले ४६, कास्कीका गंगाप्रसाद पोखरेल ४७, कास्कीका केशव पाैडेलले ३३ र तनहुँकी गीता शाहीले ६२ मत प्राप्त गर्दै पराजित हुनुभयाे।

त्यस्तै, एक एचिवमा जगन्नाथ खनाल (गोरखा) निर्वाचित हुनुभयाे । दुईजनाबीच भएको प्रतिष्पर्धामा खनालले विष्णु भट्ट (गोरखा)लाई नै २६ मतले पछि पार्दै बिजयी हुनुभएकाे हाे। खनालले १ सय मत प्राप्त गर्दा भट्टले ७४ मत प्राप्त गर्नुभएकाे थियाे ।

त्यस्तै तीन सहसचिव पदका लागि भएको निर्वाचनमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित हुनुभएकाे छ ।

तीन सहसचिवका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा भण्डारी १०४, न्यौपाने ११३ र विक १०९ मत ल्याउँदै बिजयी हुनुभयाे भने अन्य प्रतिष्पर्धी कल्पना अर्याल (स्याङ्जा)ले ६६, राजकुमार दुलाल (कास्की)ले ५१ र कास्कीकै जीवन खातीले २३ मत प्राप्त गर्नुभयाे ।

एक कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा स्याङ्जाका तारा भुषाल निर्वाचित हुनुभयाे । भुषालले ११९ मत प्राप्त गर्दा पराजित हुनुभएका कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत प्राप्त गर्नुभएकाे थियाे ।

प्रायः सहमतिमा नै नेतृत्व चयन गर्ने परिपार्टी रहेकाे उक्त पार्टीमा पछिल्लाे समय जिल्ला तथा प्रदेश लगायतका कमिटीमा नेतृत्व चयनका लागि निर्वाचन हुने गरेकाे हाे ।

प्रदेश अध्यक्ष सहमतिमा चयन गरेपनि अन्य पदाधिकारी चयन हुन नसकेकाे गण्डकी प्रदेशमा चार महिनापछि पदाधिकारी चयनका लागि निर्वाचन भएको हाे ।

२१४ मतदाता मध्ये १७७ जना मतदानमा सहभागी भएकाे प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयाे ।

मंगलबारदेखि पोखरामा सुरु भएको पहिलो पूर्ण बैठकले पदाधिकारीमा सर्वसम्मत निर्णय गर्न नसकेपछि बुधबार मतदान भएको हो ।

मंसिर २७ गते भएको माओवादीको प्रदेश अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा सर्वसम्मत २ सय १ सदस्यीय प्रदेश कमिटी गठन गरेको थियो ।

Facebook Comments