पाेखरामा सवारी दुर्घटना हुँदा १ काे मृत्यु, १ घाइते
पाेखरामा सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने १ पैदलयात्री घाइते भएका छन् । बिहीबार बिहान ५ः ५० बजेको समयमा पोखरा म.न.पा. २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुरतर्फ जाँदै गरेको ग २२ प ००७ नं.को स्कुटरले पैदलयात्री पाेखर १३ मियाँपाटन बस्ने बर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिएकाे थियाे ।
लगत्तै उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा १५ रामबजार स्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग १ क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँन पुगेकाे इलाका प्रहरी कार्यालय शिसुवा कास्कीले जनाएकाे छ ।
उक्त दुर्घटनामा स्कुटर चालक तनहुँ जिल्ला घर भई हाल पाेखरा १४ चाउथे बस्ने बर्ष १९ को किस्मत वाग्लेकाे मृत्यु भएकाे छ ।
निज वाग्ले घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल लगी चेक जाँच गर्ने क्रममा बिहान ०६;२० बजे डाक्टरले मृत घाेषणा गरेको प्रहरीले जनाएकाे छ ।
साे दुर्घटनापछि बस ,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचारपछि सामान्य अवस्थामा डिस्चार्ज भएकाे जनाइएकाे छ ।
घटनाकाे प्रहरी नायव उपरीक्षक महेन्द्र प्र. मरासिनीको कमाण्डमा खटिएकाे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । दुर्घटनापछि केही समय सवारी जाम भएकाे थियाे ।

