पल शाह पुर्पक्षका लागि थुनामा(आदेश सहित)
जिल्ला अदालत तनहुँले जबर्जस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
पीडित युवतीका बाबुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरीउपर प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलकाे कार्यालयले दायर गरेकाे मुद्दामा बुधार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामा पठाउने आदेश भएको हो ।
अदालतले पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलगायतलाई आधार मान्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे ।
आदेशमा पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८/०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाे उल्लेख छ ।
शाहका म्यानेजर कृष्ण जोशीविरुद्धकाे मुद्दामा भने १ लाख धराैटीमा रिहा गर्न आदेश भएकाे छ ।







