पोखराकाे बजेट ८ अर्ब ७७ करोड ७५ लाख

पाेखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० काे लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेश गर्नुभएकाे हाे ।

बजेट पेश गर्ने क्रममा एमालेका जनप्रतिनिधिहरूले राताे किताव अगाडी नै प्रकाशन गरेकाे भन्दै विराेध जनाएका थिए । पछि सहमतिमा बजेट पेश गर्न दिइएकाे हाे ।

पाेखराकाे बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकारको अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आय ३ अर्ब १ करोड रूपैयाँ हुने उल्लेख छ।

यस्तै, संघीय राजश्व बाँडफाँडबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ४२ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ। कुल बजेटमा कम हुन जाने २ अर्ब ४० करोड ४२ लाख रूपैयाँ चालु बजेटबाट बचत हुने रकम खर्च गर्ने याेजना बजेटमा समावेश गरिएकेा छ ।  

पोखरा महानगरकाे बजेट अधिकत्तम पूर्वाधारमा विनयाेजन गरिएकाे छ । महानगरको नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख, सामाजिक विसकामा २ अर्ब ६ करोड ९२ लाख, शिक्षामा १ अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यमा ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयमार्फत ७२ करोड ६० लाख र भौतिक पूर्वाधार विकासमा ४ अर्ब ५३ करोड ६२ हजार रूपैयाँ विनियोजन गरिएको छ। 

पोखरा– ३३ मा ल्यान्डफिल साइट बनाउन १० करोड रूपैयाँ विनियोजन गरिएको छ। जसकाे उक्त क्षेत्रका स्थानीयबासीले भने विराेध गरेका छन् ।

लेकसाइडको सोन्दर्यीकरण, अत्याधुनिक सुविधासहितको ल्यान्डफिल साइट निर्माण तथा फोहोर व्यवस्थापन, अटो भिलेज, पोखरा चक्रपथ, सूचना केन्द्रसहितको पोखरा भवन, अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको फास्ट ट्रयाक निर्माण लगायतका याेजना बजेटमा उल्लेख छ ।

Facebook Comments