मुग्लिन नारायगढ सडक खण्ड अवरूद्ध
गएराती सडकमाथिबाट खसेकाे पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।
शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भएको हाे ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरो खसेसँगै गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । अझै केही समय सडककाे पहिराे पन्छाउन लाग्ने बताइएकाे छ ।
Facebook Comments

