कोरोना भाइरसको एक्सबीबी सब भेरियन्ट नेपालमा !

नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हाे ।

मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएकाे जनाएकाे छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ । याे सब भेरियन्ट छिटाे फैलने र संक्रमण दर समेत बढी रहेकाे मन्त्रालयले जनाएकाे छ ।

सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा रुप फेरिरहेको यो भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । काेराेनाे भाइरसका भेरियन्टमध्ये एक्सबीबी अहिलेसम्मकै सबैभन्दा खराब र संक्रामक भाइरस मानिएको छ ।

निर्वाचन तथा चाडपर्वका कारण मानिसहरूकाे भिडभाड धेरै हुने भएकाले संक्रमणकाे जाेखिम उच्च हुने भन्दै जनस्वास्थ्यविदहरूले सचेत हुन भनेका छन् ।

Facebook Comments