स्थानीय तह निर्वाचन: १ लाख ४१ हजार ४ सय ६८ जनाकाे उम्मेदवारी दर्ता

देशभर १ लाख ४१ हजार ४ सय ६८ जनाले स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश नं. १ मा २२ हजार १ सय ९४, मधेश प्रदेशमा ३६ हजार ७ सय ७५, वाग्मती प्रदेशमा २३ हजार ६ सय ५४, गण्डकी प्रदेशमा १२ हजार ३ सय १४, लुम्बिनी प्रदेशमा २२ हजार ४ सय २१, कर्णाली प्रदेशमा १२ हजार ८ सय ४८, सुदुरपश्चिम प्रदेशमा ११ हजार ७ सय ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।
जसमध्ये पालिका प्रमुखमा ३ हजार ३ सय १८, उपप्रमुखमा २ हजार ३६ तथा पालिका अध्यक्षमा ३ हजार ३ सय ६तथा उपाध्यमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको छ । देशभरका ७ सय ५३ पालिकाको प्रमुख र उपप्रमुकका लागि उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो ।
त्यस्तै वडाध्यक्षका लागि ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ तथा खुल्ला सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको विरोधमा मंगलबार उजुर दिन सकिनेछ । निर्वाचन आयोगले बैशाख १४ र १५ गते उम्मेदवारको मनोनयन उपर जाँचबुझ गर बैशाख १६ मा उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
देशभरमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० गाउँपालिका गरी कूल ७ सय ७३ गाउँपालिका रहेका छन् भने कूल ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

Facebook Comments