कैलालीमा श्रीमती हत्याको आरोपमा १ जना पक्राउ

कैलालीकाे टिकापुरमा श्रीमानले बञ्चरो प्रहार गर्दा घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ । 

टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशीले आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीमाथि गत मंसिर २६ मा बन्चराे प्रहार गरी घाइते बनाएकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

मुगादेवीकाे हत्या आरोपमा श्रीमान भागिरथलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

श्नीमानले बञ्चरोले टाउकोमा प्रहार गरेपछि आफन्तहरुले गम्भीर घाइते अवस्थामा भेटी मुगादेवीलाई उपचारको लागि टीकापुर अस्पतालमा पुर्याएका थिए ।

सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएपनि आफन्तले घर लगेकाे र शुक्रबार घरमा नै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउपछि मृतकका श्रीमान् भागिरथलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।
 

Facebook Comments