माैसमः तराईमा हुस्सु/कुहिरो लाग्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य स्थानमा माैसम सफा रहने जनाएकाे छ ।

मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने जनाएकाे छ ।

यस्ताे छ महाशाखाले गरेकाे मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७९ पुस १० गते  (आइतबार)

दिउँसोː सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

रातीː सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७९ पुस ११ गते  (सोमबार)

दिउँसोː मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस १२ गते  (मंगलवार)

दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  ( Warning / Advisory for next 24 hours):

देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Facebook Comments