अमेरिकामा हिमपात १९ काे मृत्यु, २० करोड मानिस प्रभावित

अमेरिका र क्यानडामा हिमपात तथा हिमआँधीका कारण १९ जनाकाे मृत्यु भएकाे छ । सरकारी अधिकारीहरूले दिएकाे जानकारी अनुसार हिमपातका कारण २० करोड बढी मानिस प्रभावित भएका छन् ।

चिसो बढेसँगै अमेरिकाका १२ राज्यमा संकटकाल घाेषणा गरी राहत र उद्दारका कदमहरू चालिएको बताइन्छ ।

हिमपातले गर्दा लाखाैं मानिसहरू विद्युत् तथा ऊर्जाको अभावमा बाँच्न बाध्य भएका छन भने सार्वजनिक यातायात र हजाराैं हवाइ उडानहरू रद्द भएका बिबीसीले उल्लेख गरेकाे छ ।

कतिपय राज्इमा तापक्रम हालसम्मकै सबैभन्दा कम अर्थात् ४५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Facebook Comments