१६६ सांसदकाे समर्थन सहित प्रधानमन्त्रीमा प्रचण्डकाे दाबी
१६६ सांसदकाे समर्थन सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारकाे प्रधानमन्त्री पदमा दाबी पेश गर्नुभएकाे छ ।
सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका प्रचण्डले सरकारकाे नेतृत्वमा दाबी पेश गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र दर्ता भएकाे छ ।
Facebook Comments

