प्रधानमन्त्री शेरबहादुर देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भएकाे भेटवार्तामा दुइ देश बिषयमा करिब १ घण्टा कुराकानी भएको थियो ।

भेटका क्रममा विदेशमन्त्री वाङले चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएकाे थियाे ।

प्रधानमन्त्रीसँगकाे भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको थियाे । विमानस्थल हस्तान्तरण भएपनि निर्माण कार्य भने पुरा भएकाे छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । बाँकी काम निर्धारित समयमै सक्ने भनिएपनि रिठ्ठेपानीकाे डाँडा कटान लगायतका अन्य समस्यका कारण संचालनमा भने ढिलाइ हुने देखिएकाे छ ।

Facebook Comments