प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पदभार ग्रहण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्ने सम्बन्धि पहिलाे निर्णयमा हस्ताक्षर गर्नुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नु भएको हाे।
साेमबार मात्रै सपथग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएका प्रचण्डले मन्त्रिपरिषद् बैठक पनि राख्नुभएकाे छ ।
Facebook Comments

