कृष्ण सेन बलिदानकाे प्रतिमूर्तिः प्रचण्ड

जनपक्षीय पत्रकारिताका धराेहर, क्रान्तिकारी साहित्यकार ,लेखक जनयुद्धका महान सहिद कमरेड कृष्ण सेन “इच्छुक ” को २०औं स्मृति दिवस सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहाल(प्रचण्ड)ले कृष्ण सेन इच्छुककाे बलिदानकाे बारेमा जति चर्चा गरेपनि कम हुने बताउनुभयाे । उहाँले कृष्ण सेन बलिदानकाे प्रतिमूर्ति भएकाे बताउनुभयाे ।

उहाँले कृष्ण सेनसँग कुराकानी गर्दा अभिभावकसँग कुराकानी गरेजस्तै हुने बताउनुभयाे । उहाँका सुझावहरू पार्टी जीवनमा महत्वपूर्ण हुने गरेकाे उहाँले स्मरण गर्नुभयाे ।

अध्यक्ष प्रचण्डले पार्टी र क्रान्तिप्रतिकाे निष्ठा, इमान्दारिता अहिले पनि उत्तिकै अनुकरणीय रहने बताउनुभयाे ।

प्रेस सेन्टर नेपाल र जनसाँस्कृतिक महासंघ नेपालको संयुक्त रूपमा आयाेजना गरिएकाे कार्यक्रममा ४ जना पत्रकारलाइ पुरस्कार समेत प्रदान गरिएकाे थियाे ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र )का श्रध्देय अध्यक्ष कमरेड प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएकाे हाे ।

कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार ०७९ बाट सम्मानित संगठनका संस्थापक अध्यक्ष अग्रज आदरणीय महेश्वर दाहाल र कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार ०७८ बाट सम्मानित संगठनका पुर्व संयाेजक अग्रज आदरणीय गाेविन्द आचार्य सम्मान गरिएकाे थियाे ।

त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ बाट सम्मानित संगठनका पुर्व उपाध्यक्ष आदरणीय बलराम थापा र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार ०७९ बाट सम्मानित संगठनका पुर्व उपाध्यक्ष आदरणीय लक्ष्मी पुन सम्मानित हुनुभएकाे थियाे ।

कार्यक्रममा जनपक्षीय पत्रकारिता र सांस्कृतिक आन्दोलनमा सेनको योगदानका बारेमा पूर्व संयाेजक गोविन्द आचार्य र प्रा.डा. गोपिन्द्र पौडेलले गर्नुभयाे ।

महान सहिद कमरेड कृष्ण सेन “इच्छुक ” को २०औं स्मृति दिवस विविध कार्यक्रम गरि सम्पन्न गर्नुहुने सबै प्रदेश र जिल्ला र शाखा समितिहरूलाई देशैभर कार्यक्रम गरेका थिए ।

Facebook Comments