एमाले बैठकः वाम गठबन्धनका लागि खुल्ला, ओली भावी प्रधानमन्त्री
नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वामपन्थी गठबन्धनका लागि तयार भएकाे छ । काठमाण्डाैमा सम्पन्न केन्द्रीय कमिटीकाे बैठकले वाम गठबन्धनका लागि ढाेका खुल्ला गरेकाे हाे ।
साथै एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ ।
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।
शनिबारको बैठकपछि एमाले पृथ्बीसुब्बा गुरुङका अनुसार समूह छलफलबाट आएको सुझावपछि सर्वसम्मत रूपमा यस्ताे निर्णय लिइएकाे हाे ।
पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । जस अनुसार समानुपातिक उम्मेदवारलाइ पुनः समानुपातिकमा उम्मेदवार नबनाउने, स्थानीय तहमा हारेका वा जितेकाकाे हकमा पनि उम्मेदवार सिफारिश नगर्ने लगायतका निर्णय छन् ।

