राजनीतिलाई भ्रष्टीकरण हुनबाट बचाउन समयमै सचेत हुन मन्त्री बरालको आग्रह

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपालको राजनीतिलाई अपराधिकरण र भ्रष्टीकरण हुनबाट बचाउन समयमै सचेत हुनुपर्ने बताउनुभएको छ ।

बराल वंश प्रतिष्ठान पश्चिमाञ्चल समन्वय समितिको मंगलबार पोखरामा सम्पन्न भएको छैटौैं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन एवं शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री बरालले नेपालको राजनीतिमा हाल अपराधिकरण भ्रष्टीकरण भइनसकेकाे तर त्यसका केही लक्ष्यणहरु भने देखा पर्न थालेकोले समयमै आम जनता र पार्टीहरु सचेत हुनुपर्ने बताउनुभयो ।

सबै प्रकारका मानिसको आवश्यकता एउटै भएको बताउनु भएको मन्त्री बरालले समाजमा रहेका विभेद अन्त्य गरी समानता मुलक समाज निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिनु भयो ।

आजको आवश्यकता सकरात्मक सोच भएको बताउदै मन्त्री बरालले बराल वंशका व्यक्तिहरुले गरेका कार्य समाजका लागि प्रेरणाको श्रोत हुने गरी काम गर्न उहाँले आग्रह गर्नु भयो ।

समाजको सचेत प्राणी भएको नाताले मानिसले समाज बदल्न तथा रुपान्तरण गर्न सुख: शान्ति, समृद्धिको बाटो तर्फ लैजान पनि हरेक समाजका आम नागरिकको दायित्व भएको बताउनु भयो । उहाँले इतिहासलाई बस्तुनिष्ठ बनाउन अपुग बिषय बस्तुलाई पुरा गर्न क्रमस अघि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा समितिका पूर्व अध्यक्ष बिष्णु बरालले धर्म र परम्पराको नाममा दशैंलाई हिंसात्मक ढंगले मनाउनु विकृति भएको बताउनु भयो । समितिका केन्द्रिय सदस्य रमेश बरालले सेवाभावमा सबै नागरिक लाग्नु पर्ने बताउनु भयो ।

समितिका कार्यबहाक अध्यक्ष हरि प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा संस्थापक कोषाध्यक्ष श्रीराम बराल, मदरल्याण्ड माविका प्राचार्य नारायण बराल, समितिका सचिब सरोज नारायण बराल, समितिका सदस्य वेदनाथ बराल लगायतले वोल्नु भएको थियो ।

घृत कौशिक गोत्रिय बराल बन्धुहरुको एक भेलाले २०५८ सालमा प्रतिष्ठानको गठन भएको समितिका केन्द्रिय सदस्य नन्दप्रसाद बरालले बताउनु भयो । पोखरामा बराल समुदायका प्राय: पुम्दी, आर्वा र मासवारमा बसोबास गर्दै आएको पाइन्छ ।

Facebook Comments