राेल्पामा जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको हाे ।

जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिकाका निवासी ५० वर्षीया फाम्सी केसी रहेका छन् । विष्णुप्रसाद र नारायणप्रसाद दाजुभाइ रहेका डिएसपी घिमिरेले जानकारी दिनुभयाे ।
रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार ब्रेकले काम नगर्दा दुर्घटना भएको र जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। घाइतेहरूलाइ राेल्पामा प्राथमिक उपचार गरी थप उपचारका लागि काेहलपुर मेडिकल कलेजमा लगिएकाे छ ।

