हरितालिका तिजः दर खाएर मनाइँदै

हरितालिका (तिज) अन्तर्गत हिन्दु महिलाहरूले दर खाने दिन । हरितालिका तिजकाे व्रत बस्ने अघिल्लाे रात तिजकाे दर खाने गरिन्छ । तिजकाे दिन निराहर व्रत बस्नुपर्ने भएकाले साे काे तयारी स्वरुप आज दर खाने प्रचलन छ ।

दर खाने दिनसँगै चार दिने तिज पर्व समेत सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ। तीजमा चेलीबेटीहरू माइत जाने गर्दछन । पहिला तिजमा माइतीले चेलीबेटीलाई लिन जाने गरिन्थ्याे । बिशेष महत्वका साथ तिज पर्वलाई लिने प्रचलन छ ।

दर नीराहार व्रतका लागि तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाने चलन छ ।

माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

दरसँगै सुरु हुँदै चार दिने तिज सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ।

ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ। तिजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकाे बिषय धर्मशास्त्रमा उल्लेख छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन्। तिजका दिनमा देशका बिभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन्।

पछिल्ला दिनमा गीत संगीतका माध्यमबाट समेत तिजका संस्कृतिलाइ समेट्ने तथा विभिन्न संघ संस्थाले मनाेरन्जनका लागि मेला तथा प्रतियाेगितात्मक कार्यक्रम समेत गर्ने गर्दछन् ।

यद्यपि पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने, भड्किला र उत्ताउला गीत संगितमा नाचगान गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिमा विकृति मिसिएकाे रूपमा अर्थ्याउने गरिएकाे छ ।

कतिपयले भने महिलाले अनि तिजमा मात्रै समाजमा विकृति भित्रियाे भन्न नहुने र समाजमा विकृति विसंगति बढ्नुमा सबै पक्षकाे भूमिका रहेकाे धारणा राख्ने गरेका छन् ।

Facebook Comments