पाकिस्तानमा वर्षापछि बाढीपहिराे, एक हजार बढीकाे मृत्यु

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोमा परी पाकिस्तान एक हजारभन्दा बढीको ज्यान गएको छ। बाढीपहिराेका कारणा सयौँ घाइते भएकाे र दशौँ हजार विस्थापित बताइएकाे छ । बाढीमा परि १ हजार ३३ जनाकाे मृत्यु भएकाे हाे भने १ हजार ५ सय बढी घाइते भएका छन् ।

बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग उपलब्ध गराउन थालेका छन् । बाढी पहिराेले करिव ३ कराेड ३० लाख मानिस प्रभावित भएकाे भन्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विपतकाे घडीमा सहयाेगका लागि अपिल गर्नुभएकाे हाे ।

यसअघि सन् २०१०-११ मा पनि पाकिस्तानमा भीषण बाढीपहिराे कारण हजारैंकाे मृत्यु भएकाे थियाे भने लाखाैं प्रभावित भएका थिए ।

पछिल्लो २४ घण्टामा १ सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएकाे त्यहाँका अधिकारीहरूले बताएका छन् । बाढीपहिराकाे कारण बाल्टिस्तान, खैबर पख्तुनख्वा, बलुचिस्तान, गिलगिट र सिन्ध प्रान्त अति प्रभावित भएका छन्।

बाढीपहिराले ३ हजार ४ सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हजार आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका विवरण सार्वजनिक भएकाे छ ।

Facebook Comments