व्यवसायिक भवनका बेसमेन्ट पार्किङका लागि प्रयोग गर्न पाेखरा महानगरकाे सूचना

काठमाण्डाै महानगरपालिकाले मापदण्ड विपरित र जुन प्रयाेजनका लागि अनुमति लिएकाे हाे साेही प्रयाेजनमा निर्माण सम्पन्न भएका संरचना उपयाेग गर्नका लागि अभियान थालेपछि पोखरा महानगरपालिकामाथि समेत पार्किङ लगायत अनाधिकृत संरचना हटाउन दबाव बढेकाे छ ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक सम्पत्ति संरक्षणका पक्षमा लगातार आवाज उठ्न थालेपछि पाेखरा महानगरपालिकाले पनि व्यवसायिक भवनमा रहेका अन्डरग्राउन्डलाई पार्किङका प्रयोग गर्न आग्रह गरेको छ। 

महानगरपालिकाले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेकाे छ ।

व्यवसायिक भवनहरू बनाउँदा पार्किङका लागि वेसमेन्ट या अन्डरग्राउण्ड संरचना बनाएमा महानगरपालिकाले राजश्व छुट दिने गरेकाे छ ।

राजस्व सहुलियत लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले ३५ दिनभित्र हटाउन सूचना जारी गरेकाे हाे ।

यसअघि सम्बन्धित व्यक्ति वा संस्थलाइ पत्राचार गरेकाेमा पोखरा महानगरले पुनः  ३५ दिने सूचना जारी गरी खालि गर्न भनेको हाे । ताेकिएकाे समयमा खाली नगरेमा कानुनबमोजिम कारबाही गरिने महानगरले जारी गरेकाे सूचनामा उल्लेख छ।

Facebook Comments