धनुषा क्षेत्र नं. ४ मा रघुवीर महासेठ निर्वाचित

धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित हुनुभएकाे छ । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हाे ।

महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभयाे ।

यसअघि २०७४ को निर्वाचनमा पनि यादव महासेठसँगै पराजित हुनुभएकाे थियाे ।

Facebook Comments