१६१ निर्वाचन क्षेत्रकाे मतपरिणाम सार्वजनिक, ३ स्थानकाे मतगणना अन्याैलमा

संघीय संसद अन्तर्गत १६५ निर्वाचन क्षेत्रमधये १६१ स्थानकाे मतपरिणाम सार्वजनिक भएकाे छ । १ स्थानमा मतगणना बाँकी छ भने ३ स्थानमा दलहरूवीच विवाद भएकाले मतगणना प्रारम्भ हुन सकेकाे छैन । दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी रहेकाे हाे ।

सार्वजनिक भएकाे मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबभन्दा बढी ५४ स्थान र नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले १७ स्थान, नेकपा एकीकृत समाजवादीले १० स्थान, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थान तथा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जिते हाँसिल गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

Facebook Comments