स्थानीय तह सार्वजनिक जग्गा संरक्षणकाे प्रयास गर्दै
स्थानीय पालिकाहरूले सार्वजनिक जग्गा संरक्षण तथा मापदण्ड विपरीतका संरचना हटानउने कार्यका लागि पहल अगाडि बढाएका छन् ।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा डाेजर लगाउने प्रयास असफल भएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेकाे छ ।
सुकुम्वासी बस्ती हटाउने प्रयासपछि भएकाे वाद विवादमा दल र स्थानीय तहका नेतृत्ववीच घाेचपेच पनि भइरहेकाे छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए प्राधिकरण आफैँले हटाएर लागेकाे खर्च सम्बन्धित व्यक्ति वा संस्थासँग भराउने सूचना जारी गरेकाे हाे ।
केही समय अगाडी पाेखरा महानगर र भरतपुर महानगरले अघिल्लाे हप्ता मात्रै सार्वजनिक सूचना जारी गरेर मापदण्ड विपरीतका संरचना हटाउन भनेका छन् ।
Facebook Comments

