पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने
पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस रूपमा मनाउँदै आएकाले नेपालमा पनि सोही दिन पारेर नेपाल पर्वतारोहण संघले महाेत्सव गर्न लागेकाे हाे । ‘वुमन मुभ माउन्टेन’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदैछ ।
विगत ७ वर्षदेखि बर्सेनि हुने पर्वतीय महोत्सव पाेखरामा गर्न गरिएकाे छ । महोत्सवमा बृहत छलफल, हिमाली क्षेत्रमा रहन सहन संस्कृति, खेलकूद लगायका इभेन्ट समावेश छन् ।
महाेत्सवका दाैरान पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा छलफल गरिने पर्वतीय महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनुभयाे ।
महोत्सवले हिमाली क्षेत्रकाे पर्यटन विकासमा सहयाेग पुग्ने विश्वास गरिएकाे छ ।
Facebook Comments

