प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार जानुभएकाे हाे ।
ओली सत्ता गठबन्धनका दलहरूकाे संयन्त्रकाे संयाेजक हुनुहुन्छ । ५ दिनभित्र सरकारकाे न्यूनतम साझा कार्यक्रम तय गर्न उक्त संयन्त्रले जिम्मेवारी पाएकाे छ ।
तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय
Facebook Comments

