गठबन्धन बैठकः १६५ निर्वाचन क्षेत्र, २३४ सिटकाे दावी

हालकाे संविधानमा अनुसार देशभर १६५ निर्वाचन क्षेत्र रहेकाे छ । तर सत्ता गठबन्धनकाे बैठकमा भने दलहरूले दावी गरेकाे अनुसार भागबण्डा गर्ने हाे भने देशभर २३४ निर्वाचन क्षेत्र हुनुपर्दछ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा दलहरूले दावी गरेकाे सिट संख्या धेरै भएपछि सहमति हुन सकिरहेकाे छैन ।

साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने भएका छन् । बैठकमा नेपाली कांग्रेसले १०० सिट, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ सित र राष्ट्रिय जनमाेर्चाले २ सिटमा दावी गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी, बाबुराम भट्टराइ नेतृत्वकाे नेपाल समाजवादी पार्टी लगायतले पनि सत्ता गठबन्धनबाटै चुनावमा भाग लिन खाेजिरहेका छन् ।

यसले गर्दा सत्ता गठबन्धनमा सिट बाँडबाँडमा थप झमेला हुने देखिएकाे छ । नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले त सिट बाँडफाँडमा पेल्न खाेजिएकाे भन्दै सार्वजनिक रूपमै गुनासाे गरिरहेका छन् ।

याे मामलमा प्रतिपक्षी दल नेकपा एमालेमा भने केही सहज देखिएकाे छ । एमाले अन्य साना पार्टीकाे सहयाेग लिनका लागि १५ सिटसम्म दिन तयार भएकाे श्राेतकाे भनाइ छ । एमालेसँगकाे छलफलमा राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले २० सिट कमल थापा नेतृत्वकाे राप्रपा नेपालले ८ सिट दावी गरेकाे बताइन्छ ।

दलहरूमा सिट बाँडफाँडपछि पनि स्वयं दलभित्रै पनि उम्मेदवारीका लागि ठूलाे संख्यामा दाबी रहेकाे छ । यसले दलले गरेकाे निर्णयमा चित्त नबुझ्नेले वागी उम्मेदवारी दिने संभावना बढी छ ।

यसपटक भने स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीका कारण पनि चुनावी वातावरण तातिरहेकाे छ ।

Facebook Comments