महाअभियाेगबारे चोलेन्द्रशमशेरसँग बयान, सर्वाेच्चका न्यायधीशमाथि संगीन आरोप

महाअभियाेग छानबिन समितिमाथि बयान दिने क्रममा निलम्बित प्रधानन्याधीश चाेलेन्द्रशमशेर जबराले बुधबार महाअभियाेगकाे अाैचित्य नै समाप्त भइसकेकाे जिकीर गर्नुका साथै सर्वाेच्च अदालतका वहालवाला न्यायधीशमाथि संगीन आरोप लगाउनुभएकाे छ ।

महाअभियोग छानबिन समितिमा बुधबार बयानका लागि पुग्नुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका न्यायाधीशदेखि वकिलसम्मलाई विभिन्न आरोप लगाउनुभएकाे हाे ।

उहाँले विभिन्न स्वार्थ पुरा नगरिदिंदा आफूले महाअभियाेगकाे सामना गर्नुपरेकाे भन्दै आफ्नाे बचाउ गर्नका लागि सहकर्मी न्यायधीश र आफ्नो बयान क्रममा बार एसोसिएसनका पदाधिकारी, न्यायाधीश र राजनीतिक दलका नेतामाथि आरोप लगाउनुभएकाे हाे ।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माका अनुसार राणाले बयानका क्रममा सबै राजनीतिक दल र पूर्वप्रधानन्यायाधीशहरू, वहालवाला न्यायधीश, कानुन व्यवसायीमाथि प्रश्न उठाउनुभएको थियाे ।

राणाले न्यायक्षेत्रका विभिन्न नियुक्ति, कर्मचारीकाे सरूवा, बढुवा लगायतमा पूर्वप्रधानन्यायधीशहरू, वहालवाला न्यायधीश, वारका पदाधिकारी लगायतले भागबण्डा खाेज्ने गरेकाे र त्यसाे गर्न नमान्दा सबै आफूविरूद्ध लागेका बताउनुभएकाे हाे ।

उहाँले न्यायधीश दीपक कार्कीकाे प्रधानन्यायाधीश बन्ने प्रस्ताव, हरिकृष्ण कार्कीले स्वार्थ मिलेमा मुद्दा हेर्ने अन्यथा पन्छाउने, प्रकाशसिंह राउतले पक्षसँग अाचरण विपरीत साैदावाजी गर्ने लगायतका गम्भीर आराेप लगाउनुभएकाे छ ।

राणाकाे वयानसँगै सर्वाेच्चका वहालवाला न्यायधीश तथा बार एशाेशिएसनका पदाधिकारीमाथि समेत गम्भीर नैतिक प्रश्न उब्जिएकाे छ ।

राणाकाे बयानले सर्वाेच्च अदालतबाट हुने कार्य सम्पादनकै बिषयमा समेत प्रश्न उठेकाे छ । स्वयं नेतृत्वकर्ताकाे हिसावले राणाकाे बयानले स्वयं नेतृत्वमा रहँदाकाे भूमिकामाथि नै प्रश्न उठाउने ठाउँ मिलेकाे छ ।

Facebook Comments