पाेखरा उद्याेग वाणिज्य संघकाे महाधिवेशनः व्यवसायीका समस्या समाधान गर्ने उम्मेदवारकाे आश्वासन

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका दाबेदार पवन प्रजापतिकाे समूह यतिबेला व्यवसायीहरुसँग मत माग्न व्यस्त छ । व्यवसायीहरूसँग घरदैलोमा पुगेर प्रजापतिकाे समूहले व्यवसायीका समस्या समाधान गर्ने भन्दै आफ्नाे समूहलाइ मत दिन आग्रह गरेकाे छ ।

बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरुसमक्ष पुगेकाे थियाे । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको हाे ।

अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै संस्थागत रुपमा आफू नेतृत्वमा पुगेपछि ती व्यवसायीहरुको समस्यालाई सहजीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयाे ।

म निर्वाचित भएसँगै व्यवसायीहरुलाई सहज बनाउनका लागि वित्तिय क्षेत्रसँग समन्वय गरि संघको तर्फबाट काम गर्नका लागि तम्तयार छु, प्रजापतिले भन्नुभयाे, ‘आफ्नो समूह व्यवसायीहरुलाई तत्काल समस्याबाट बाहिर निकाल्नेगरि योजनाबद्ध रुपमा अगाडि आएको छ ।’

आफ्नो पक्षमा मत माग्दै व्यवसायीको घरदैलोमा पुगिरहेका प्रजापति र उनको समूहलाई अधिकांश व्यवसायीहरुले आफ्ना समस्याहरु सुनाईरहेका छन् । अधिकांश व्यवसायीहरु लकडाउनको मारपछि वित्तिय संस्थाहरुबाट बढि पेलिएको गुनासो गरिरहेका छन् ।

बुधबार घरदैलोको क्रममा नेपाल औषधी थोक व्यवसायी संघ गण्डकीका अध्यक्ष रुद्रनारायण मल्लले प्रजापति प्यानलका उम्मेदवारहरुलाई प्रत्येक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा सहज हुने वातावरण निर्माण गर्ने गरि योजनाबद्ध रुपमा संघमा आउन सुझाव दिनुभयाे ।

त्यस्ते अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठले अघिल्ला नेतृत्वको तुलनामा अब आउने नेतृत्वले पोखरा उद्योग वाणिज्य संघमा अझै धेरै काम गर्नुपर्ने बेला भएको बताउनुभयाे ।

भदौ २४ र २५ गते हुने आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनका लागि पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।  

त्यस्तै अर्जुन पाेखरेल नेतृत्वमा अर्काे समूह पनि घरदैलाेमा व्यस्त रहेकाे छ ।

Facebook Comments