गगन थापा काठमाण्डाै ४ बाटै उठ्ने
बुधबार दिउँसाे कांग्रेसका महामन्त्री गगन थापाले कास्की जिल्लाकाे निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि निवेदन दिएकाे भन्दै सामाजिक सञ्जालमा चर्चा भयाे । कतिपयले काठमाण्डाैमा आफ्नाे निर्वाचन क्षेत्रमा असुरक्षित भएकाले कास्कीबाट उठ्न लागेकाे भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखे ।
तर साँझ थापाले कास्कीका स्थानीय साथीहरूप्रति उम्मेदवार सूचीमा राखेकामा धन्यवाद दिंदै आफू काठमाण्डाै क्षेत्र नं. ४ बाट नै उम्मेदवार बन्ने स्पष्ट पार्नुभएकाे छ ।

Facebook Comments

