काठमाण्डाैमा निर्माणाधीन घरकाे छतबाट खस्दा २ जना विद्यार्थीकाे मृत्यु
काठमाडौंको बुद्धनगरमा निर्माणाधीन एक घरको छैठौ तलाबाट खसेर दुई स्कूले विद्यार्थीको मृत्यु भएको छ।
उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ ।
पेप्सीकाेला बस्ने १३ र १४ वर्षका किशोरकिशोरी छतबाट खसेकाे नभइ हाम्फालेकाे हुनसक्ने शंका प्रहरीले गरेकाे छ । उनीहरूकाे घर भारतकाे विहार भएकाे बताइएकाे छ ।
छतबाट खसेपछि तत्काल उपचारको लागि सिभिल अस्पताल लगिए पनि चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेका हुन् ।
Facebook Comments

