भारतको गुजरातमा पुल चुडिंदा सय भन्दा बढीको मृत्यु

भारतको गुजरातमा पुल चुडिंदा सय भन्दा बढीकाे मृत्यु भएकाे र दर्जनाै बेपत्ता भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिंदा १ सय ३७ जनाकाे मृत्कोयु भएकाे हो ।

साे घटनामा ५० जना अझै बेपत्ता रहेका र १०० जनाकाे घाइते अवस्थामा उद्दार गरिएकाे सरकारी अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धार कार्य निरन्तर जारी राखेका छन् ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरी स्वास्थ्यलाभकाे कामना गर्नुभएकाे थियाे । गुजारात सरकारले घटनाको अनुसन्धानका समिति गठन गरेकाे छ ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । छठका कारण पुलमा क्षमताभन्दा बढी मानिस पुगेकाे अनुमान गरिएकाे छ ।

Facebook Comments