पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
घनश्याम पाण्डे, पाेखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएकाे छ । एक भव्य समारोहका वीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलकाे उद्घाटन गर्नुभएकाे हाे ।

विमानस्थलकाे उद्घाटन समाराेहमा सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्रीले प्रचण्डले अन्य ठूला परियाेजना निर्माणमा सहयाेग गर्न चीन सरकारसँग आग्रह गर्नुभयाे ।
उहाँले पाेखरापछि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य अगाडी बढाउने बताउनुभयाे ।
कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री बिष्णु पाैडेलले सम्बाेधन गर्दै भ्रष्टाचार राेक्ने र सुशासनकाे मार्गमा अघि बढ्ने बताउनुभयाे । उहाँले राजनीतिक स्थायीत्वका लागि वर्तमान गठबन्धन निर्माण भएकाे जिकीर समेत गर्नुभयाे ।

विमानस्थल उद्घाटन समारोहमा पाेखरेली जनसमुदायकाे उल्लेख्य उपस्थिति थियाे । जसले गर्दा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनेकाे थियाे ।
विमानस्थल उद्घाटन भएसँगै सञ्चालनमा पनि आएकाे छ । आजबाटै आन्तरिक उडान नयाँ विमानस्थलबाट शुरू भएकाे छ ।




