नेपाल र भारतवीच ७ बिषयमा सहमति
नेपाल र भारतवीच विभन्न ७ वटा विषयमा सहमति भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा दीर्घकालीन बिद्युत व्यापार, पारवहन सम्धि नविकरण, ट्रान्समिसन लाइन, पेट्राेलियम लाइन लगायतमा सहमति जुटेकाे हाे ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भएकाे वार्तापछि दुइ पक्षवीच ७ वटा विषयमा सम्झाैता भएकाे हाे ।
यद्यपि नेपाली पक्षले चाहेकाे पञ्चेश्वर परियोजना, हवाइ मार्गकाे लागि भारतकाे अनुमति लगायतका नेपाली पक्षकाे प्राथमिकतामा भने भारत अनिच्छुक देखियाे ।
भारतसँग विद्युत व्यापारको प्रारम्भिक सम्झौता, कर्णाली फुकोट आयोजनामा भारतीय कम्पनीको प्रवेश, भैरहवा विमानस्थलमा हाललाई इन्स्ट्रुमेन्टल ल्यान्डिंग सिस्टम चलाउने, न्यु बुटवल गोरखपुर प्रसारणलाइन शिलान्यास लगायत सात सम्झौतामा हस्ताक्षर भएकाे हाे ।
बिद्युत व्यापारमा दीर्घकालीन समझदारीलाई नेपाली पक्षले महत्वपूर्ण उपलब्धिका रूपमा लिएकाे छ ।

