नारायणगढ मुग्लिन सडक पुनः अवरूद्ध
मुग्लिन नजिक तुइन खोलामा फेरि पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरूद्ध छ । शनिबार दिउँसाे सडक सुचारू भएपनि शनिबार राती पुनः पहिराे खसेपछि पुनः बाटाे अवरूद्ध भएकाे हाे ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहीबार राति साढे ११ बजेबाट पहिरो खसेर २८ घन्टासम्म साे सडक खण्ड बन्द भएको हाे । उक्त स्थानमा सुख्खा पहिराे गएकाे हाे ।
बिहान पाँच बजेदेखि पहिरो सफा गर्न सुरू भए पनि पहिरो ठूलो भएका कारण सडक सुचारू हुन समय लाग्नेछ ।
भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार अनुसार पहिरो सफा हुन चार घन्टा जनि समय लाग्ने अनुमान ।
मुग्लिनदेखि लगभग दुई किलो मिटर पर इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक गएको बुधबार रातिदेखि नै साना ठूला ढुंगा खस्न सुरू भएको थियो ।
Facebook Comments

