कोशी, लुम्बिनी र सुदुर पश्चिममा चट्याङ्ग सहित भारी वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ।

महाशाखाले आज राती कोशी, लुम्बिनी र सुदुर पश्चिममा चट्याङ्ग सहित भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी  प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएको छ।

त्यस्तै आज नै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ। 

Facebook Comments