आर्थिक विधेयकमाथि छलफल गरिने
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने र छलफलकाे सम्भावित कार्यसूची छ।
आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेकाे छ ।
त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।
राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
Facebook Comments

