भारतको ओडिशामा रेल दुर्घटना, २३३ काे मृत्यु सयाैं घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएकाे छ । बालासाेर नजिकै शुक्रबार भएको एउटा साे रेल दुर्घटना भयानक थियाे । उक्त दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका भारती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हाे । साेही समयमा अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ । सरकारका तर्फबाट मृतकका परिवारलाई १० लाख रुपैयाँ र उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएकाे छ।

त्यस्तै, ओडिशामा आज एक दिने राज्य शोकको घोषणा गरिएकाे छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।

Facebook Comments