भारत भ्रमण पुरा गरी प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण पुरा गरी स्वदेश फर्कनुभउकाे छ । चार दिने भारत भ्रमण सकेर शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किनुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्नुभएकाे थियाे भने नेपाल र भारतवीच विभिन्न ७ वटा सम्झाैता भएका थिए।
Facebook Comments

