नारायणगढ-मुग्लिन सडक खण्ड सुचारू
पहिरोले अवरूद्ध भएकाे नारायणगढ-मुग्लिन सडक खण्ड सूचारू भएकाे छ ।
वितेका केहीदिन सडकमाथिबाट खसेकाे पहिराेकाे कारण पटक पटक अवरूद्ध बनेकाे साे सडक खण्ड साेमबार २ बजेदेखि पुनः अवरूद्ध भएकाेमा पहिराे पन्छाएपछि पुनः सञ्चालनमा आएको हाे।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
साे सडखण्ड पटक पटक अवरूद्ध हुँदा पाेखरा, काठमाण्डाै लगायतका प्रमुख सहरहरूतर्फकाे यात्रामा रहेका हजाराैं सर्वसाधरणले सास्ती खेप्नुपरेकाे छ ।
Facebook Comments

