आरओआर र पिआरओआर जलविद्युत आयोजनाका लागि विद्युत खरिद–बिक्री सम्झौता आह्वान
नेपाल विद्युत प्राधिकरणले यसअघि लामाे समयसम्म राेकेकाे नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) का लागि आह्वान गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाको पिपिएका लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको हो।
प्राधिकरणले पिपिएका लागि तोकेको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र ४ हजार पाँच सय मेगावाट नपुगेसम्म पिपिए गरिने प्राधिकरणले जनाएको छ।
ग्रिड कनेक्सन सम्झौता भएको मितिलाई आधार मानेर रोल क्रमअनुसार पिपिए हुनेछ। प्राधिकरणका अनुसार जलविद्युत आयोजनाले ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।
Facebook Comments

