सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासकाे मत लिने तयारीमा
मन्त्रालय भागबण्डा नमिली विश्वासको मत नदिने माओवादी केन्द्रकाे अडान
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहँदा महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति चाहिने जनाएकाे छ ।
मुख्यमन्त्री शाहले केन्द्रमा भएकाे गठबन्धनका आधारमा आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत माग्ने तयारी गर्नुभएकाे हाे ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री बन्नुभएकाे थियाे । मुख्यमन्त्री बनेपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता विना विश्वासकाे मत नदिने स्पष्ट पार्नुभएकाे छ ।
Facebook Comments

