संसदका दुवै सदन बैठक बस्दै

संघीय संसदका दुवै सदनका बैठक साेमबार बस्दैछन् । विपक्षी दलकाे अवराेधका कारण हिजाे कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएकाे थियाे । प्रतिनिधिसभाकाे ११ बजे र राष्ट्रियसभाकाे बैठक १ बजेर १ मिनेटका लागि बाेलाइएकाे छ ।

प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीकाे भारत भ्रमणमा सीमा सम्बन्धि बिषयमा विवादास्पद अभिव्यक्ति सार्वजनिक भएकाे, नागरिकता विधेयक प्रमाणीकरण तथा रेशम चाैधरीकाे आममाफी प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्रीले भारत भ्रमणसहितका विषयमा संसदमा उपस्थित भएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने विपक्षी दलहरूकाे भनाइ छ ।

Facebook Comments