गृहमन्त्री लामिछानेको नागरिकता विवाद: संवैधानिक इजलासमा छलफल हुँदै

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुँदैछ ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।

यसअघि निर्वाचन आयाेगमा परेकाे यसै बिषयकाे उजुरी भने आयाेगले परिणाम समेत आइसकेकाे कारण देखाउँदै खारेज गरिदिएकाे थियाे ।

संवैधानिक इजलासकाे छलफलमा गृहमन्त्री लामिछानेकाे नागरिकता सम्बन्धमा दर्ता निवेदनमाथि अन्तरिम आदेश जारी हुने वा नहुनेमा केन्द्रित हो ।

Facebook Comments